Home

संघीय निजामती विधेयक किन अड्कियो ?

admin

काठमाडौं, वैशाख २१ : निजामती प्रशासन हाक्ने कानुनको रूपमा रहेको संघीय निजामती सेवा ऐन जारी गर्ने सरकारी प्रयास अलपत्र परेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकलाई परामर्शका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको थियो । तर,दुवै मन्त्रालयबाट फिर्ता नआएकाले सो विधेयक अघि बढ्न सकेको छैन । प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा सो विधेयक पेस हुन सकेन ।

सरकारले सो विधेयकलाई प्रभावकारी बनाउने र सरोकारवाला निकायको भावनालाई समेत सम्बोधन गर्ने उद्देश्यसहित बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा उच्चस्तरीय कमिटी बनाएको छ । सो कमिटीका सदस्यमा कानुन, अर्थ र सामान्य प्रशासनमन्त्री तथा समान्य सचिव रहेका छन् ।

विधेयक सामान्य प्रशासन मन्त्रलायबाट अघि बढे पनि विधेयकमा भएका प्रावधान आमकर्मचारीको हितविपरीत रहेको भन्दै कर्मचारी सम्बद्ध ट्रेड युनियनहरू आन्दोलित हुँदै आएका छन् । कर्मचारीहरू आन्दोलित भएपछि ती कर्मचारीहरू सँग वार्ता गर्न सरकारले उपप्रधानमन्त्री खडकाको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको हो ।

यद्यपि, सो समितिले समस्या समाधान गरी संघीय निजामती सेवा ऐन जारी गर्न आवश्यक वातावरण खेल्छ भन्नेमा आशंका सिर्जना भएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया