Home

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज

admin

काठमाडौं, वैशाख २१ : नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज हुने भएको छ । बुधवार नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु मन्त्री नियुक्त भएका थिए ।

नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे शपथ गराउने तय भएको छ । गुरुङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री र लिम्बु खेलकुदमन्त्री नियुक्त भएका थिए ।

अझै खानेपानी मन्त्रालयमा मन्त्री नियुक्त भएका हुन सकेका छैनन् ।

प्रतिक्रिया