प्रचण्ड–नेपालको सम्बन्ध चिस्सिँदै

admin

काठमाडौँ, २३ वैशाख : बलियो कम्युनिस्ट पार्टी निर्माणको परिकल्पना गरेका कम्युनिस्ट दलका शीर्ष नेताबीच सम्बन्ध बिग्रिँदै गएसँग ‘समाजवादी मोर्चा’ ओझेलमा पर्न थालेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), नेपाल समाजवादी पार्टी (नेसपा) सहितका दलका बीच समाजवादी मोर्चा बनाउने कसरत भएको हो ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादवबीच समाजवादी मोर्चा बनाउने छलफल भएको थियो ।

प्रचण्ड र नेपाल, प्रचण्ड र डा. भट्टराईको पछिल्लो सम्बन्ध कटुतामा परिणत भएकाले घोषणा गर्ने भनिएको समाजवादी मोर्चा ओझेलमा परेको हो । भट्टराई र यादव केही समयअघि सम्म एउटै पार्टीमा थिए ।

पार्टी विभाजन हुनुअघि एकअर्काको आलोचना नगर्ने सहमति भएको भए पनि अहिले सार्वजनिक कार्यक्रममै एक अर्काको आलोचनामा उत्रिन थालेका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया