Home

कांग्रेस केन्द्रीय सदस्यमा मिनेन्द्र रिजाल मनोनीत

admin

काठमाडौं, २२ वैशाख : नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

नेता रिजाल पार्टीको १४औं महाधिवेशनमा इतर समूहबाट महामन्त्री पदको उम्मेदवार बनेर पराजित भएका थिए।

प्रतिक्रिया