काठमाडौं, वैशाख २९ : नक्कली भुटानी शरणार्थी प्रकरण लगाएतका भ्रष्टाचार नियन्त्रणका लागि अघि बढ्न खवरदारी गर्दै माओवादी सम्वद्ध जनवर्गिय संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता र खवरदारी गर्रौ भन्दै माओवादी सम्वद्ध जनवर्गिय संगठनहरुले शुक्रबार काठमाडौंको माइतिघर देखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरुले माओवादी भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न, भ्रष्टाचारी मुर्दावाद, तपाईहरुको दववा सरकार सदनबाट, हाम्रो दवाव सडकबाट, अन्त्य गर्रौ भ्रष्टाचार लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै प्रदर्शनमा सहभागीहरुले भ्रष्टाचार नियन्त्रणमा खुट्टा नकमाउन र कुनै दवावका कारण पछि नहट्न सरकारलाई सुझाव दिएका थिए ।