काठमाडौं, वैशाख ३१ : सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री सञ्जय गौतम विकास निर्माणका १५ बुँदे माग राख्दै शनिबार बेलुकीदेखि बर्दियामा आमरण अनसनमा बस्नुभएको छ ।
बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित गौतम बर्दियाको जब्दीघाटस्थित भत्किएको पुलमुनि टेन्ट लगाएर आमरण अनशनमा बस्नु भएको हो ।
उहाँको बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण, भासिएको पुलको स्पान हटाउनु पर्ने, बबई नदी तटबन्ध र बबई सिंचाई आयोजनामा बजेट कटौतीले चुनौती थपिएको लगायतका माग रहेका छन् ।