विद्यार्थी स्वागत कार्यक्रममा विद्यार्थीलाई लर्निङ प्याड वितरण

admin

काभ्रे : पाँचखाल न.पा. वडा नं. १० स्थित श्री महांकाल माध्यमिक विद्यालयलयमा अध्ययनरत बाल कक्षा, केजी र एकमा अध्ययनरत विद्यार्थीलाई सिकाइप्रति उत्प्रेरित गर्न लर्निङ प्याड (Learning pad) वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासुदेव प्याकुरेल तथा सदस्य हिरामणी प्याकुरेलको समन्वयमा उक्त यसै विद्यालयका पूर्व विद्यार्थी हाल चिनमा बसोबास गर्ने निमेष प्याकुरेलले विद्यालयलाई सहयोग स्वरुप यी लर्निङ प्याड प्रदान गर्नुभएको हो । भर्खर विद्यालय प्रवेश गरेका स-साना बालबालिकालाई प्रविधिको प्रयोग गर्दै पढाई प्रति रुची जगाउने प्रयास स्वरूप विद्यार्थीलाई लर्निङ प्याड वितरण गरिएको विद्यालयका प्रधानाध्यापक दुर्गादत्त पौडेलले जानकारी दिनुभयो ।

कक्षा १० सम्म नै पूर्ण रुपमा अङ्ग्रेजी माध्यममा पठन पाठन हुने विद्यालयमा शैक्षिक सत्र २०८० मा अन्य विद्यालयबाट आई भर्ना भएका ४४ जना नयाँ विद्‌यार्थीलाई आज एक कार्यक्रम गरी स्वागत गरिएको छ।

शैक्षिक सत्र २०७९ मा भएको खेलकुद सप्ताहका विविध विधामा उत्कृष्ट विद्यार्थीलाई पदक पनि वितरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक पौडेलले बालबालिकालाई उपयोगी प्याड उपलब्ध गराउनुहुने सहयोगी मनलाई आभार प्रकट गर्नुभयो ।

साथै उहाँले विद्यालयले समय सापेक्ष तवरले पठनपाठन अगाडि बढाइ गुणस्तरीय शिक्षा प्रदा गर्ने अठोट लिएको र यसको लागि दातृ निकायले पनि ठूलो भुमिका खेल्ने समेत बताउनु भयो ।

प्रतिक्रिया