काठमाडौँ, जेठ ८ : भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललितपुरको नख्खु–भैँसेपाटी–बुङमति अन्तर्गत भैसिपाटी आवास क्षेत्रको सडकखण्डको काम छिटो सम्पन्न निर्देशन दिनुभएको छ ।
सोमबार उक्त सडकखण्डको स्थलगत निरिक्षण गर्दै मन्त्री ज्वालाले ज्येष्ठ मसान्तभित्र काम गर्ने प्रतिवद्धता ठेकेदार कम्पनीले गरेको भन्दै आफुले काम छिटो सम्पन्न निर्देशन दिएको जानकारी दिनुभयो ।
काम सम्पन्न गर्नेका लागि देखिने समस्याहरुलाई सरकारले समाधान गर्ने र ठेकेदार कम्पनीले पनि ढिलासुस्ती नगरि काम गर्नुपर्ने उहाको भनाई छ । समयमा नै सडक निर्माणको काम सम्पन्न नभएको भन्दै भैँसेपाटीका स्थानीयहरुले केहि दिनअघि उक्त सडकखण्ड वन्द गरेर विरोध जनाएका थिए । मन्त्री ज्वालाले खानेपानी र सडकको काम अघि बढाउदा समन्वयन नहुदा सडक निर्माणमा ढिलाई भएकाले अव छिटो काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री ज्वालाले समयमा नै आयोजना सम्पन्न गर्न मुलुकको बिकासको मोडललाई पनि परिवर्तन गर्नुपर्ने अवस्था देखिएको भन्दै अन्तरमन्त्रालय समन्वयनमा पनि ध्यान दिनुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो ।