काठमाडौँ, जेठ ८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भएको बताउनुभएको छ ।
नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा सोमबार ललितपुरमा आयोजित इद मिलन तथा पुस्तक विचोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफु प्रधानमन्त्री हुदा पारदर्शीताका साथ देश बिकासको भिजनका साथ अघि बढ्दा जनतालाई भ्रममा पार्ने सचेत हुन नदिने काम भएको बताउनुभएको हो ।
उहाले नेपालमा अहिले कसैको मान मर्यादा हुन थाले बद्नाम गर्ने प्रवृति देखापरेको जिकिर गर्नुभयो । ओलीले एमाले सरकारले पाँच सात दशकमा हुन नसकेको बिकास गरेर देखाएको दावी गर्नुभयो ।
योजना समयमा नै पुरा गर्ने र असाधारण बिकासको गति ल्याउदा पनि धर नपाएको उहाको भनाइ छ । ओलीले अहिले राष्ट्रिय सद्भावसहितको एकताका लागि पहल गर्नुपर्ने बताउनुभयो ।