मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

admin

काठमाडौँ, जेठ १४ : सरकारले चालू आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

सरकारले आइतबार संघीय संसदको दुवै सदनमा पेश गरेको आर्थिक सर्वेक्षणमा विश्व आर्थिक समस्याको असर नेपालमा पनि गरेको भन्दै आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

थोक तथा खुद्रा व्यापार, निर्माण, उत्पादनमूलक उद्योगको उत्पादनलगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर दुई दशमलव १६ प्रतिशत हुने अनुमान रहेको अर्थमन्त्री डा प्रकाशशरण महतले बताउनुभयो ।

आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० संसदमा पेश गर्दै उहाले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यमा परेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको उहाँले बताउनुभयो । वस्तु आयातमा भएको सङ्कुचन र समष्टिगत मागमा आएको कमीका कारण आर्थिक गतिविधिमा सुस्तता आइ स्रोत व्यवस्थापनमा पनि दबाब देखिएको उहाँले बताउनुभयो ।

मन्त्री महतले बाह्य क्षेत्रमा सुधार भएर शोधनान्तर स्थिति बचतमा, विदेशी मुद्राको सञ्चिति बढेको, पर्यटन आवागमन बढेकोलगायत अर्थतन्त्रमा सकारात्मक सङ्केत पनि देखिन थालेको दावी गर्नुभयो । उहाले केन्द्र सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार एक सय किलोमिटर पुगेको, कूल जडित विद्युत् क्षमता दुई हजार छ सय ६६ मेगावाट पुगेको उल्लेख गर्नुभयो ।

त्यस्तै सार्वजनिक संस्थानको वर्तमान कार्यसम्पादनको अवस्था, वित्तीय अवस्था र समस्या तथा चुनौतीको विश्लेषण सहितको प्रतिवेदन पेश गर्दै मन्त्री महतले समयक्रममा खासगरी सञ्चालन एवम् व्यवस्थापनमा देखा परेका कमि कमजोरीका कारण समग्र वित्तीय स्थिति सन्तोषजनक नदेखिएको धारणा राख्नुभयो ।

उहाले सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा रहेको र सार्वजनिक संस्थानमा सरकारको शेयर तथा ऋण लगानी गत असार मसान्तसम्ममा रू छ खर्ब १८ अर्ब पुगेको जानकारी दिनुभयो ।

प्रतिक्रिया