‘अखण्ड भारत’को नक्साप्रति केपी ओलीको आपत्ति

admin

काठमाडौँ, जेठ १६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको नयाँ संसद भवनमा राखिएको “अखण्ड भारत” को नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएकोप्रति आपत्ति जनाउनुभएको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा ओलीले नेपालका भूभागहरुलाई समावेश गर्दै आफ्नो नक्सामा राखेर भारतले नेपालप्रति हेपाहा प्रवृति देखाएको समेत बताउनुभयो ।

उहाले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा उक्त नक्सा हटाउन भन्नसक्नुपर्ने बताउनुभयो । राष्ट्रहितमा कुरा गर्न नसके प्रधानमन्त्रीको भारत भ्रमणको कुनै अर्थ नहुने उहाको भनाइ छ ।

नेपालको भूमि आफ्नो नक्साभित्र हालेर भारतजस्तो नमूना लोकतन्त्र भनिएको देशले हेपाहा काम गरे त्यसलाई उचित भन्न नसकिने उहाले बताउनुभयो । ओलीले विश्वमै ठूला देशले साना देशलाई हेप्ने क्रमले निरन्तरता पाएपनि संयुक्त राष्ट्रसंघ निरिह रहेको बताउनुभयो ।

प्रतिक्रिया