काठमाडौँ, जेठ १८ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच आज भेटघाट हुँदैछ ।
बिहान ११:०५ बजेदेखि हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता तय भएको छ । त्यसअघि साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम छ ।
भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता हुनेछ ।