भारत गए बालेन, कार्यबाहकको जिम्मेवारी सुनिता डंगोललाई

admin

काठमाडौँ, जेठ १९ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत प्रस्थान गरेका छन् ।

बिहीबार उनी भारत प्रस्थान गरेका हुन् । उनी के कामको लागि भारत गएका हुन् भन्ने खुलाएका छैनन् ।

उनले बिहीबारदेखि उपप्रमुख सुनिता डंगोललाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका छन् । मेयर बालेनले स्वदेश नफर्किँदासम्म महानगरको कार्यबाहक प्रमुखको जिम्मेवारी डंगोललाई दिएका हुन् ।

प्रतिक्रिया