दक्षिण कोरियाले ईपीएस कोटा बढाउने

admin

काठमाडौँ, जेठ १९ : दक्षिण कोरियाले रोजगार अनुमति प्रणली (ईपीएस) अन्तर्गत आफ्नो देशमा आवश्यक जनशक्ति पुरा गर्न नेपालबाट जाने श्रमिकको सङ्ख्या बढाउने भएको छ ।

दक्षिण कोरियाको मानव स्रोत व्यवस्थापन सोवाको आयोजनामा सोलमा २ देशबीच भएको एक हप्ताको छलफल कार्यक्रममा नेपालबाट माग युवाको संख्याबढाउने जानकारी दिएको हो ।

पछिल्लो ५ महिनामा कोरियाले नेपालबाट ८ हजार २ सय ४१ युवालाई रोजगारीका लागि कोरिया प्रवेश गराइसकेको छ ।

कोरियाले विगतमा प्रति वर्ष औषत ८ हजार नेपाली युवाको माग गर्ने गरेकोमा सन् २०२३ देखि माग संख्या बढाएर ५ महिनामा ८ हजार पुर्‍याएको छ ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया