लाइसेन्स परीक्षामा ६१ प्रतिशत चिकित्सक फेल

admin

काठमाडौँ, जेठ १९ : गत बुधबार देखि सञ्चालन गरेको तीन दिने चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा प्रकाशित भएको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार ६१.६१ प्रतिशत चिकित्सक फेल भएका छन् ।

परीक्षामा मेडिकल (एमबीबीएस) र डेन्टर (बीडीएस) गरी १ हजार ७२६ जना फारम भरेका थिए । यस्तै १७ जना परीक्षामा अनुपस्थित र १२ जनाको नतिजा रोकिएको मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार कुल १ हजार ७०९ जना सहभागिता मध्ये १ हजार ५२ फेल र ६५३ जना चिकित्सक पास भएका छन् । मेडिकल (एमबीबीएस) तर्फ कुल १ हजार ३९२ जनाले फारम भरेकोमा १ हजार ३७८ जना परीक्षामा सहभागी भएको बताएको छ ।

त्यसमध्ये ५५८ जना (४०.४९ प्रतिशत) मात्रै उत्तीर्ण भएको डा. अधिकारीले बताए । यस्तै, डेन्टल (बीडीएस) तर्फ कुल ३३४ जनाले फारम भरेकोमा ३३१ जना सहभागी भएका थिए । जसमध्ये ९८ जना २९.६१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया