हामी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गरेनन् : ओली

admin

काठमाडौँ, २० जेठ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताएका छन्।

अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल : सुखी नेपाली’ भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको जिकिर गरे ।

पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले कुनै व्यक्ति नभइ सिंगो समाजलाई माथि उठाउनका लागि आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको तर्क समेत गरे।

ढिलो होइन, छिटो विकास गर्नका लागि आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको अध्यक्ष ओलीको भनाई थियो ।

प्रतिक्रिया