बजेटमा आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने महासंघको चेतावनी

admin

काठमाडौँ, २१ जेठ : नेपाल निर्माण व्यवसायी महासंघले आगामी बजेटमा आफ्ना मागहरुका बिषयमा सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०८१ असार मसान्तसम्म सवै आयोजनाहरुको म्याद थप हुनुपर्ने, माइलस्टोनको व्यवस्था खारेज हुनुपर्ने , सरकारसंग भएको सहमति अनुसार मूल्य समायोजन हुनुपर्ने लगाएतका मागहरु बजेटमा सम्बोधन नगर्नु दुभाग्र्यपूर्ण रहेको ठहर गर्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।

आगामी असार ४ गते भित्रमा सवै आयोजनाहरुको म्याद थपको निर्णय नभएमा सम्पूर्ण अयाोजनाहरु ठप्प पार्ने र सवै इजाजत पत्रहरु राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो । राज्यबाट व्यवसायीहरुलाई हालसम्म भुत्तानी गर्न नसकेको,बैंकहरुबाट ऋण उपलव्ध नगराइएको लगाएतका कारणले हाल करिव ३ हजार भन्दा बढि आयोजनाहरुको म्याद थप गर्नुपर्ने अनुमान रहेको उहाले बताउनुभयो । उहाले महासंघले प्रधानमन्त्री लगाएत सम्बन्धी सवै निकायहरुलाई आफ्ना मागका बारेमा जानकारी गराएपनि कुनै सुनुवाई हुन नसकेको गुनासो गर्नुभयो ।

आगामी आर्थिक बर्षमा निरन्तरता नपाउने आयोजनाहरुको भुक्तानी नै लिन नसकिने भएकाले बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै समयमा नै राज्य गम्भीर हुनुपर्ने अध्यक्ष सिंहले बताउनुभयो ।

प्रतिक्रिया