दौत्य सम्बन्ध कायम भएका मुलुकमा वैदेशिक रोजगार खुला गर्ने सरकारकाे तयारी

admin

काठमाडौँ, २१ जेठ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकमा बैदेशीक रोजगार खुला गर्ने तयारी भइरहेको जनाएको छ ।

आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा श्रम सचिव एक नारायण अर्यालले अहिले संस्थागत रुपमा १ सय ११ देशमा बैदेशीक रोजगारमा जाने गरेको र अन्य देशमा व्यक्तिगत हिसावमा रोजगारीका लागि जाने गरेको भन्दै दौत्य सम्बन्ध कायम भएका मुलुकमा बैदेशीक रोजगार खुला गर्ने योजनामा रहेको बताउनुभयो ।

विश्वबजारमा यसअघिका कुराहरु परिवर्तन भएको अवस्थामा नेपाल पनि परिवर्तित समय अनुसार चल्नुपर्ने उहाले बताउनुभयो । सचिव अर्यालले आजको इराकलाई पनि हेर्दै मागका आधारमा कामदार पठाउन सक्ने गरि गृह कार्य भइरहेको जानकारी दिनुभयो ।

उहाले माल्टा, क्रोयसिया लगाएतका देशबाट हजारौंको संख्यामा दिनहु आउदापनि नेपालको पहुँच नहुदा अर्को मुलुकबाट मात्रै कामदार जाने अवस्था आएकाले दुतावास भएको ठाउँमा दुतावासबाट प्रमाणीकरण र दुतावास नभएका स्थानका लागि बैदेशिक रोजगार बिभागको टिमबाट नै प्रमाणीकरण गर्ने व्यवस्था गर्न लागेको बताउनुभयो ।

औपचारिक माध्यमबाट वैदेशिक रोजगारबाट जान नसक्नेहरुले भिजिट भिसा, कन्सल्टेन्सी लगाएतको माध्यम प्रयोग गर्ने र यसका कारण ठगी र भविष्यमा हुनसक्ने जोखिम धेरै हुने भएकाले पनि औपचारिक रुपमा कामदार पठाउने गरि नै तयारी भइरहेको अर्यालले बताउनुभयो ।

पत्रकार सम्मेलनमा श्रम मन्त्री शरदसिंह भण्डारीले बदैशिक रोजगारीमा जानेहरुमाथि ठगी गर्ने क्रम नरोकिएकाले यस क्षेत्रलाई प्रभावकारी बनाउन टाक्स फोर्स नै गठन गरिएको बताउनुभयो ।

बैदेशिक रोजगारीमा पठाउने अन्य राष्ट्रको अध्ययन गरेर नेपालले पनि उचित नीति बनाउने उहाको भनाइ छ । उहाले श्रम बजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउन मन्त्रालय क्रियाशील रहेको दाबी गर्नुभयो ।

उहाले तोकिएको मापदण्ड पालना नगर्ने वैदेशिक रोजगारदाता कम्पनीलाई कारबाहीको दायरामा ल्याइने पनि बताउनुभयो ।

प्रतिक्रिया