च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीलाई

admin

काठमाडौं, २८ जेठ: यूईएफा च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। टर्कीको इस्तानबुलस्थित ओलम्पिक स्टेडियममा भएको खेलामा इन्टर मिलानलाई १-० ले पराजित गर्दै सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो सिटीको जितमा खेलको ६८औं मिनेटमा रोड्रीले गरेको गोलनै निर्णायक बनेको थियो।

सिटीको यो जितसँगै म्यानचेस्टर युनाइटेडेले २४ वर्ष अघि बनाएको ‘ट्रेबल’ जित्ने इतिहास समेत बराबरी गरेको छ। सिटीले प्रिमियर लिग पछि म्यानचेस्टर युनाइटेडलाई हराउँदै एफए कपको उपाधि जितको थियो भने शनिबार च्याम्पियन्स लिग जितेसँगै १९९९ मा म्यानचेस्टर युनाइटेड पछि एकै सिजनमा तीन उपाधि ‘ट्रेबल’ को कीर्तिमान बनाउन सिटी सफल भयो।

प्रशिक्षक पेप ग्वार्डिवालाको भने यो तेस्रो च्याम्पियन्स लिग उपाधि हो। उनले बार्सिलोनालाई २ पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। पछिल्लो पटक ग्वार्डिवालाले सन् २०११ मा बार्साबाट उपाधि जितेका थिए।

च्याम्पियन लिगमा सिटीले यसअघि २०२१ मा अर्को इंग्लिस प्रतिद्वन्दी चेल्सीसँग पराजित हुँदै फाइनल गुमाएको थियो। सिटीले पछिल्ला १२ सिजनमा सातपल्ट लिग उपाधि जिते पनि च्याम्पियन्स लिगको भोक भने अन्त्य गर्न सकेको थिएन।

प्रतिक्रिया