काठमाडौं, ३० जेठ: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।
अनेरास्ववियु सुदुरपश्चित प्रदेश कमिटी, अनेरास्ववियु सुदुरपश्चिम–काठमाडौं प्रदेश सम्पर्क कमिटीले गेटा मेडिकल कलेजलाइ विश्वविद्यालयले घोषणा गर्नुपर्ने भन्दै दवाव मुलुक प्रदर्शन गरेका थिए ।
उनीहरुले सम्पूर्ण सुदुरपश्चिमेली बोल्नैपर्छ, गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय खुल्नैपर्छ, सुदुरपश्चिमेलीलाई न्याय गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा सञ्चालन गर्न खोजिएको भन्दै केही समयदेखि आन्दोलन हुँदै आएको छ ।
आन्दोलनकारीहरुले गेटालाई मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै आएका छन् । आन्दोलन चर्किएपछि संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद् बैठकमा बोल्दै बजेटसहित विश्वविद्यालय बन्ने सुनिश्चित रहेको स्पष्टिकरण दिनुभएको थियो । तर विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आफ्नो आन्दोलनको कार्यक्रम जारी राखेको छ ।