सिंहदरबारमा कार्यालय बंक गर्ने कर्मचारीमाथि निगरानी

admin

काठमाडौं, ३२ जेठ: कार्यालय आएर हाजिर गरेर फर्कने गरेको गुनसो आएपछि राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा आकस्मीक अनुगमन गरेको छ ।

बिहीबार केन्द्रका अनुगमन टोलीले सिंहदरबारका सवै गेटमा बसेर सिंहदरबारबाट बाहिरिने कर्मचारीसंग सोधपुछ गरेर आवश्यक रेकर्ड राखेको थियो ।

सिंहदरबारभित्र काम गर्ने कर्मचारीले बिहान कार्यालय प्रवेश गरेर हाजीर गरेर बाहिरिने र अपरान्ह पुन हाजिर गर्नका लागि मात्रै जाने गरेको गुनसो आएपनि अनुगमन गरिएको केन्द्रले जनाएको हो ।

अनुगमनका क्रममा सवैको रेकर्ड राखिएको र त्यसलाई अध्ययन गरेपछि सम्बन्धीत मन्त्रालयमा लेखेर पठाइने केन्द्रका अधिकारीहरुले जनाएका छन् । अनुगमनका क्रममा बाहिरिने कर्मचारीहरुले अस्पताल जान लागेको, खाना खान जान लागेको, चिठि पुराउन जान लागेको लगाएतका विवरण टिपाएका थिए ।

प्रतिक्रिया