काठमाडौं, असार १२ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले तत्काल अनलाइन र टोकन प्रणाली लागू गर्न कोशी अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ ।
मंगलबार आकस्मिक निरीक्षणका क्रममा विराटनगर स्थीत कोशी अस्पताल पुग्नुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले ओपिडी र टिकट काउण्टरमा अत्यधिक भिड देखेपछि कोशी अस्पतालको मेडिकल सुपरिण्टेण्डेण्ट डा. रविनराज सिंहलाई सर्वसाधारणहरुलाई सजिलो र सुलभ रुपमा स्वास्थ्य सेवा पु¥याउन निर्देशन दिनुभयो ।
निरीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, कोशी प्रदेश स्वास्थ्य मंत्रालयका सचिव डा. सुधा देवकोटा, न्याम्सका उपकुलपति लगायत मंत्रालयका उच्चअधिकारीहरु सहभागि हुनुहुन्थ्यो ।
मन्त्री बस्नेतले कोशी अस्पतालको विभिन्न वार्डहरुको निरीक्षण गर्नुका साथै अस्पतालको समस्याहरु बारे जानकारी लिनुभएको थियो । यसैबीच राजधानी बाहिर संघिय सरकार अन्तर्गतको विराटनगर स्थित कोशी अस्पतालमा ३ सय ३० बेड निशुल्क गरिएको छ । गरिब, असहाय र विपन्न नागरिकहरुको निशुल्क उपचार गर्ने सरकारको दायित्व भएकाले मंगलबारदेखि आईसियु, एचडियु र क्याबिन बाहेक ३ सय ३० बेड निशुल्क र उपचार पनि निशुल्क गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले घोषणा गर्नुभयो ।
निशुल्क उपचारका लागि विरामीहरुले स्थानीय पालिका र वडा कार्यालयको सिफारिश तथा विपन्न नागरिक भएको परिचय पत्र ल्याउनु पर्ने कोशी अस्पतालले जनाएको छ । निशुल्क उपचार गर्दा लाग्ने खर्चको भरपाई स्वास्थ्य तथा जनसंख्या मंत्रालयले दिने बताइएको छ ।