ट्याक्सी तथा चालक व्यवसायी संघद्वारा विरोध प्रदर्शन

admin

काठमाडौं, असार १४ : पेशा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने माग राख्दै यातायात व्यवसायी तथा चालकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौंको कलंकी, स्वयम्भु, बालाजु लगाएत चक्रपथ क्षेत्रको सडकमा यातायातका साधनहरु तेर्साएर उनीहरुले प्रदर्शन गरेका हुन् ।

सरकारले स्वदेशमा नै काम गर्ने वातावरण बनाउनुपर्ने, बैंकको ऋण तिर्ने म्याद एक बर्ष थप गर्नुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगाएतका माग उनीहरुले राखेका छन् ।

प्रदर्शनमा सहभागीहरुले यातायात क्षेत्रलाई राज्यले महत्व नदिएकै कारण आफुहरु बिभिन्न समस्या झेल्न बाध्य भएको गुनासो गरेका छन् ।

आफुहरुको माग र मुद्धाका बारेमा पटक पटक राज्यका बिभिन्न निकायमा कुरा राख्दा पनि कुनै सुनुवाई नभएको उनीहरुको भनाइ छ । यातायात व्यवसायी तथा चालकहरुको आन्दोलनका कारण सो क्षेत्रको यातायात बिहीबार दिनभर प्रभावित भएको थियो ।

प्रतिक्रिया