अव देशको नेतृत्व नयाँपुस्ताले गर्नुपर्छ :गगन थापा

admin

काठमाडौं, असार २३ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अव देशको नेतृत्व नयाँपुस्ताले गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै थापाले अव मुलुकमा भूतपूर्वलाई प्रधानमन्त्री बनाउन नहुने र देशको नेतृत्व नयाँपुस्ताले गर्नुपर्ने बताउनुभएको हो ।

अहिलेको आश्यकता आफु वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्ने कुरामा रहेको उहाले बताउनुभयो । उहाले आफु फेरी पनि कांग्रेस संसदीय दलको नेता हुने प्रयत्नमा लाग्ने र नसके अरु कसैलाई समर्थन गर्ने जिकिर गर्नुभयो । थापाले अहिले मुलुकको अर्को प्रधानमन्त्री को बन्छ भन्ने सवैलाई जानकारी हुने भन्दै उहाले एक पटक प्रधानमन्त्री भएको व्यक्तिलाई अर्को पटक प्रधानमन्त्री बन्नबाट सवै दलले रोक्न सक्नुपर्ने तर्क गर्नुभयो ।

त्यस्तै थापाले अहिले सवै दलहरुले मिसन ८४ लाई ध्यान दिएको अवस्थामा कांग्रेसले भने मिसन २०८० मा केन्द्रीत गर्नुपर्ने धारणा राख्नुभयो । देशका सवै स्थानमा कांग्रेस सहभागी सरकार बनेको अवस्थामा जनताको चाहना अनुसार काम गर्न सके मिसन ८४ मा ध्यान दिनै नपर्ने उहाको भनाइ छ ।

थापाले पार्टीको केन्द्रीय समितिबाटै केन्द्र लगाएत प्रदेश सरकारमा रहेका कांग्रेसतर्फबाट मन्त्रीहरुलाई एकबर्षको काममा केन्द्रीय हुन निर्देशन दिनुपर्ने धारणा राख्नुभयो । उहाले पार्टीको क्रियाशिल सदस्यता वितरणलाई पनि नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया