संसदलाई तीन दलको बन्धक बन्न दिँदैनौं : रवि लामिछाने

admin

काठमाडौं, असार २५ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन दलले मिलेर संसद्लाई बन्धक बनाउन खोजिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उहाले तीन दलले इच्छा अनुसार सदन सञ्चालन गर्दा जनताका मुद्दाहरु ओझेलमा परेको बताउनुभएको हो ।

उहाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पटक पटक विवादमा आउने गरेको भन्दै उहाले अभिव्यक्ति प्रकट गर्दा सजकता अपनाउन सुझाव पनि दिनुभयो ।

आफैँले छिमेकीले प्रधानमन्त्री बनाएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तीजनक रहेको उहाले बताउनुभयो ।

उहाले रास्वपा प्रतिपक्षको भूमिकामा रहेर आफ्नै स्वतन्त्र अस्तित्व र मुद्दाहरूमा उभिएको भन्दै प्रमुख प्रतिपक्षको एजेण्डामा आफ्नो दललाई मुछ्ने जालसाजीपूर्ण क्रियाकलाप भएको जिकिर गर्नुभयो ।

लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सगरकाले अघि सारेको काम सकारात्मक रहेको भन्दै रास्वपाको पूर्णसमर्थन रहने समेत स्पष्ट पार्दै अन्तिम समयमा सदनमा मिटरव्याज सम्बन्धी कानून ल्याउनुको कारण माग गर्नुभयो ।

प्रतिक्रिया