अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता

admin

काठमाडौं, असार २९ : सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता भएको छ ।

सिंहदरबारस्थीत मन्त्रालयमा भएको भेटवार्तामा दुईपक्षिय सम्बन्धमा बिषयमा कुराकानी भएको थियो । त्यस्तै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको बुझिएको छ ।

एक दिने नेपाल भ्रमणका क्रममा लु शुक्रबार नै नेपाल आउनुभएको हो । उहाँले गत वर्ष पनि नेपालको भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया