काठमाडौं, असार ३० : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज सम्बन्धी विधेयकलाई छिटै अघि बढाउने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल, चितवनले भरतपुर विमानस्थलमा शनिबार गरेको पत्रकार सम्मेलनमा उहाँले सदनमा रहेको विधेयकलाई नै अघि बढाउने प्रक्रियामा छलफल भइरहेको र छिटै अघि बढ्ने बताउनुभएको हो । उहाले यसअघि संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको उल्लेख गर्दै उहाँले अब बस्ने संसद् बैठकबाट यसलाई अघि बढाउने जिकिर गर्नुभयो ।
मिटरब्याजी विरुद्धको उजुरी नलिने र छानबिनका क्रममा पीडितको पक्षमा न्याय हुने काम नरोकिने उहाँको भनाइ छ । त्यस्तै उहाले ललिता निवास प्रकरणमा व्यक्ति हेरेर नभई प्रहरीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्ने बताउनुभयो । हस्तक्षेप मुक्त भएर अनुसन्धान गरेर अपराधीलाई दायरामा ल्याउन निर्देशन दिएको उहाले बताउनुभयो ।
त्यस्तै श्रेष्ठले समाजवादी मोर्चामा डा बाबुराम भट्टराई बाहिर बस्नुपर्ने कुनै कारण नभएको भन्दै उहालाई पनि मोर्चामा सहभागी गराउन छलफल भइरहेको उल्लेख गर्नुभयो ।