राजनीतिक उद्देश्यका निम्ति राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री प्रचण्ड

admin

काठमाडौं, साउन १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उदेश्यका लागि सरकारमा बस्नेको राजीनामा मागीहाल्ने संस्कार राम्रो नभएको बताउनुभएको छ ।

शुक्रबार इटलीबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीलाई स्पष्टीकरणको मौका नै नदिई सदनमा एकोहोरो राजीनामा मात्रै माग्ने संस्कार राम्रो नभएको बताउनुभएको हो ।

उहाले सुन प्रकरणमा भइरहेको अनुसन्धान र राजनीतिक घटना क्रममा उपप्रधानमन्त्री, मन्त्रीहरूसँग छलफल गरेर प्रष्ट पार्ने धारणा राख्नुभयो ।

त्यस्तै उहाले चौपायाहरुमा महामारीका रुपमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारको तर्फबाट आवश्यक प्रयास भइरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले लाखौं पशु चौपायालाई खोप लगाइएको रोग नियन्त्रण र निदानका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

 

प्रतिक्रिया