नेपालमा पनि विश्व बाघ दिवस मनाइयो

admin

काठमाडौं, साउन १३ : विश्व बाघ दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । दिवसका अवसरमा शनिबार वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले पछिल्लो केहि बर्ष नेपालमा बाघको संख्यामा बृद्धि भएपनि संरक्षणमा चूनौति देखिएको बताउनुभयो । जंगलको वरिपरि बस्ती रहेपनि वनको उपयोगमा प्रतिवन्ध लगाउदा स्थानीय जनतामा समस्या देखिएको धारणा राख्नुभयो । उहाले वनको स्रोतको उपयोग गर्दै राष्ट्रलाई समृद्ध गर्न सकिने भएकाले त्यसलाई उचित व्यवस्थापन गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो ।

पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको छ ।

 

प्रतिक्रिया