राजनीतिलाई दूषित बनाउनु हुन्न : अध्यक्ष ओली

admin

काठमाडौं, साउन १५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई दुषित गर्न नहुने बताउनुभएको छ ।

सोमबार ललितपुरको च्यासलस्थीत पार्टी कार्यालयमा आयोजित युगदूत विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सवै नीतिहरुको मुहान राजनीति भएकाले यसलाई दुषित गर्न नहुने बताउनुभएको हो ।

राजनीतिमा लागेका केहि व्यक्ति खराव हुन सक्ने भएपनि समग्र राजनीतिलाई नै खराव भन्न नमिल्ने उहाले बताउनुभयो ।

ओलीले सुन्दर र आधुनिक भविष्य निर्माण गर्न दू्रत गतिले अघि बढ्नुपर्ने र समाजको बिकास गर्नुपर्ने जिकिर गर्नुभयो ।

उहाले अव मुलुकमा ३३ प्रतिशत महिला सहभागीताको लडाई सकिएको र त्यसभन्दा बढि बढ्नुपर्ने उल्लेख गर्नुभयो । उहाले अन्य धेरै बिकासित देशहरुमा ३३ प्रतिशत सहभागीता पुराउन अझै बाँकी रहेको बताउनुभयो ।

प्रतिक्रिया