राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य : सभापति देउवा

admin

काठमाडौं, साउन १५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई स्थायी गराउनु सवैको कर्तव्य भएको बताउनुभएको छ ।

कांग्रेस, क्षेत्रीय कार्यसमिति क्षेत्र नंवर १ नुवाकोटले सोमबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा देउवाले संविधानको सफल कार्यान्वयन गर्दै राष्ट्रिय एकतालाई स्थायी गराउनु सवैको कर्तव्य भएको बताउनुभएको हो ।

उहाले मुलुकमा स्थायी शान्ति स्थापना गर्नुपर्ने र आपसी द्वन्द्वलाई समाप्त पार्दै संघीय गणतन्त्रलाई सुदृढ गर्नुपर्ने धारणा राख्नुभयो । सवैको सहमतिमा निर्माणमा बनेको संविधानलाई स्थायी रुप दिन यसमा भएका कमकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उहाको भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले व्यक्तिगत स्वार्थलाई त्यागेर पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो । कांग्रेस काम गर्ने पार्टी भएपनि प्रचारको अभावमा कांग्रेसले गरेका कामलाई जनमानसमा पुराउन नसकिएको उहाले बताउनुभयो । उहाले सामाजिक सञ्जालमा एकअर्कालाई होच्चाउने काम बन्द गर्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया