आजको मन्त्रिपरिषद्को बैठकले के के गर्यो निर्णय ?

admin

काठमाडौं, साउन १६ : सरकारले संघीय शिक्षा ऐन सदनमा पेश गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐनलाई संसदमा पेश गर्न स्वीकृत दिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकमा लम्पीस्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने विषमया पनि छलफल भएको र अर्को बैठकले निर्णय गर्ने उहाले बताउनुभयो ।

बैठकले विश्व वातावरण सुविधावापत प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।त्यस्तै बैठकले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गरेको उहाले बताउनुभयो ।

 

प्रतिक्रिया