संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनमा कांग्रेसले सहमति खोज्ने

admin

काठमाडौं, साउन १६ : नेपाली कांग्रेसले संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनमा रहेका बिषयवस्तुमा सहमति खोज्ने भएको छ ।

सिंदरबारस्थीत संसदीय दलको कार्यालयमा कांग्रेस शीर्ष नेता, पदाधिकारी तथा सम्बन्धीत समितिमा रहेका सांसदहरुसंगको छलफलमा संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई अघि बढाउन यसमा देखिएका जटिलता र बिषयवस्तुमा सहमति खोज्ने बिषयमा कुराकानी भएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

उहाले संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई यथासिघ्र सदनबाट पारित गर्नुपर्ने अवस्था रहेको भन्दै विवादीत बिषयमा समेत सहमति खोजिने उल्लेख गर्नुभयो ।

विश्वकर्माले सवैको स्वीकार्यमा नै कानून ल्याउने प्रयत्न भइरहेको बताउनुभयो । त्यस्तै उहाले सदनमा उठेको बिषयमा सरकार प्रष्ट पार्नुपर्ने र सदनको अवरोध हटाउनुपर्ने उल्लेख गर्नुभयो । उहाले संसदीय समितिको नेतृत्व छिटो हुनुपर्नेमा कांग्रेसको जोड रहेको बताउनुभयो ।

प्रतिक्रिया