न्यायाधीश नियुक्तिमा कसले गर्यो अवरोध ? प्रधानन्यायाधीशले गरे यस्तो संकेत

admin

काठमाडौं, साउन १६ : प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयका कारण नभई अन्य कुनै कारणबाट न्यायाधीश नियुक्ती प्रभावित भइरहेको बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मंगलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायधीश पद रिक्त रहेको भन्दै न्यायालयका कारण नभई अन्य कुनै कारणबाट न्यायाधीश नियुक्ती प्रभावित भइरहेको बताउनुभएको हो ।

कानून र संविधानमा न्यायाधीश खाली हुनुभन्दा एकदेखि तीन महिनाभित्र नियुक्ती गर्नुपर्ने व्यवस्था रहेपनि कानूनको पालना गर्न नसकिएको उहाले बताउनुभयो ।

प्रधानन्यायाधिश कार्कीले अहिले राजनीतिक स्वार्थका आधारमा सार्वजनिक सरोकारका विवादहरु न्यायालयमा आउनु सुखद नभएको जिकिर गर्नुभयो । उहाले सार्वजनिक सरोकारका बिषय सिमान्तकृत समूदायको अधिकार प्राप्तीका लागि कुनै एउटा समूहले प्रतिनिधित्व गर्नका लागि गरिदिएको व्यवस्था भएको धारणा राख्नुभयो ।

उहाले न्यायालय स्वच्छ र राजनीति हस्तक्षेपमुक्त नभए जनताको मानवअधिकारको हक स्थापीत हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया