भन्सार जाँचमा कडाई गर्न अर्थमन्त्री महतको निर्देशन

admin

काठमाडौं, साउन १८ : अर्थमन्त्री डा प्रकाशशरण महतले राजश्वको लक्ष्य प्राप्तिका लागि गम्भीर भएर लाग्न निर्देशन दिनुभएको छ ।

बिहीबार बिरगंजमा रहेका भन्सार , शुख्खा बन्दरगाह र आन्तरिक राजश्व कार्यालयहरुको निरिक्षण भ्रमण गर्दै अर्थमन्त्री महतले राजश्वको लक्ष्य हासिल गर्न बिरगंज भन्सारको महत्वपूर्ण योगदान रहेको भन्दै राजश्वको लक्ष्य प्राप्तिका लागि गम्भीर भएर लाग्न निर्देशन दिनुभएको हो ।

उहाले नाकाबाट हुने चोरी पैठारीमा ध्यान दिन पनि निर्देशन दिनुभयो । उहाले करदाताहरुलाई झण्झट नहुने गरि नियमाअनुसार काम गर्नुपर्ने र भन्सार भोग्नुपर्ने समस्या न्यूनीकरणमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री महतले भन्सारमा हुने अनियमितता रोक्न महत्वपूर्ण जिम्मेवारीमा रहेका सवै गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाले समग्र कर्मचारी र सुरक्षाकर्मीको तलवभत्ताको स्रोत जुटाउने जिम्मेवारी अर्थमन्त्रालयको भएको र त्यसमा ८० प्रतिशतभन्दा बढी भन्सार र राजस्वबाट उठाउनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया