काठमाडौं, साउन २५ : नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाले गत आर्थिक बर्षमा प्राधिकरणको नाफा १२ अर्व ३३ करोड रुपैया रहेको बताउनुभयो ।
सुख्खा यामको समय बढेर विधुत उत्पादनमा कमी आउदा र आन्तरिक माग धान्न विधुत आयात गर्दा नाफा केहि प्रभावित हुन गएको उहाले बताउनुभयो । मुलुकभित्रै विद्युत् बिक्रिबाट कुल १ खर्ब आम्दानी भएको उहाले बताउनुभयो । उहाले विधुत प्रणालीका सुधार लगाएत कामहरुलाई निरन्तरता दिएको, बजेट र खर्च नियन्त्रणका लागि एकीकृत तथा अनलाइन भुक्तानीलाई प्रभावकारी बनाएको बताउनुभयो । उहाले
विगत दुई वर्षमा आफ्नै श्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण एवं वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरिएको घिसिङले उल्लेख गर्नुभयो । त्यस्तै उहाले सरकारको कोषमा सावाँ, ब्याज र रोयल्टी गरी करिब ३० अर्ब जम्मा गरेको उहाले जानकारी दिनुभयो । उहाले विधुत खपत बढाउन ५१ वटा चार्जिङ स्टेशन सञ्चालन भएको र १३ वटा चार्जिङ स्टेशनको निर्माण कार्यलाई अघि बढाइएको बताउनुभयो ।
उहाले अहिलेसम्म प्राप्त उपलव्धीलाई संस्थागत गर्नु पहिलो चूनौति रहेको र विधुत आपूर्तिको नियमिता लगाएत चूनौतिहरुको सामना गर्दै मुलुकभरका नागरिकलाई नियमित र गुणस्तरीय विधुत उपलव्ध गराउन प्रयासरत रहेको पनि बताउनुभयो ।