काठमाडौं, साउन २६ : पुर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा बयान दिन तयार रहेको बताउनुभएको छ ।
शुक्रबार वुटवलमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा सहयोग गर्न तयार रहेको बताउनुभएको हो ।
आफ्नो नेतृत्वको पालामा व्यक्तिगत नभई मन्त्रिपरिषद्ले सानो निर्णय गरेको भन्दै उहाले जस्तो सुकै अनुसन्धानका लागि तयार रहेको जिकिर गर्नुभयो । उहाले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताउनुभयो ।
उहाँले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको बताउनुभयो । त्यस्तै उहाले सदनमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको बताउनुभयो ।