काठमाडौं, २९ साउन : नेपाली कांग्रेस सुनिल शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै कारण आफुलाई पक्राउ गरिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शर्माले सुन प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे बोलेकै कारण आफूलाई पक्राउ गरिएको भन्दै आफ्नो अडान कायमै रहेको बताउनुभएको हो ।
उहाले अहिलेका गृहमन्त्रीले राजीनामा दिनुपर्ने भनाई कायमै रहेको बताउनुभयो उहाले आफुहरुलाई पक्राउ गरिएको बिषयमा गृहमन्त्रीले राजीनामा नदिए अनशन बस्ने चेतावनी पनि दिनुभयो । उहाले आफुलाई पक्राउ गरेपछि प्रहरीले यातना दिएको बताउनुभयो ।