बजार चलायमान हुन नसकेकोमा प्रधानमन्त्रीद्वारा चिन्ता व्यक्त

admin

काठमाडौं, २९ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सहज अवस्थामा रहे पनि बजार चलायमान हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

सोमबार सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका निकायका प्रतिनिधिसंग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले आमजनमानस लगाएत निजी क्षेत्रको खस्केको मनोबल उकास्न सरकार गम्भीर भएको समेत बताउनुभयो ।

पर्यटन क्षेत्र, रेमिट्यान्स लगाएत अन्य गतिविधि बढेपनि मनोबल बढ्न नसकेको अवस्थामा सरकार र निजि क्षेत्र मिलेर काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो ।

छलफलका क्रममा आर्थिक क्षेत्रलाई चलाउमान बनाउनका लागि सर्वसारणको मनोबल बनाउने गरि कार्यक्रम ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिएको उहाले बताउनुभयो ।

अर्थतन्त्रलाई गति दिन विभिन्न सुधारका कार्यक्रम ल्याउँदा तथा अहिले अर्थतन्त्र सहज अवस्थामा रहे पनि बजार चलायमान हुन नसकेपछि प्रधानमन्त्री प्रचण्डले निजि क्षेत्रसंग छलफल गर्नुभएको हो ।

प्रतिक्रिया