काठमाडौं, २९ साउन : घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै सिंहदरबारमा गेट अगाडी प्रदर्शन गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आरती साहलाई न्याय दिनु पर्ने भन्दै सिंहदरबार दक्षिण गेट अगाडि नारावाजी गर्दै प्रदर्शन गर्न खोज्दा प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको हो ।
आरती साहलाई न्याय दे भन्दै उनका आफन्तजन र युवाहरु दक्षिण गेट अगाडि नै धर्नामा बस्न खोजेका थिए । सो क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ ।
आरतीको हत्यालाई आत्महत्याको नाम दिएर अपराधि उम्काउन खोजिएको र प्रहरीले न्याय माग्दा सहयोग नगरेको पीडित परिवारको भनाइ छ ।