सभामुखको व्यवहार पक्षपातपूर्ण भयो: रवि लामिछाने

admin

काठमाडौं, २९ साउन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाती व्यवहार देखाएको आरोप लगाउनुभएको छ ।

सोमबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सभामुखले आफु अनुकुल सदन सञ्चालन गरेर पक्षपाती व्यवहार देखाएको आरोप लगाउनुभएको हो ।

सभामुखको कुर्सीमा बसेपछि व्यवहार, क्रियाकलापले दलको बन्न नपाउने उहाले बताउनुभयो । लामिछानले नियोजित रुपमा सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको गुनासो गर्नुभयो ।

उहाले एमालेले लगातार सदन अवरुद्ध गरिरहेको अवस्थामा सभामुखले छानीछानी सांसदलाई बोल्न दिएको र अरु दलका सांसदहरुले बोल्न खोज्दा अन्त्यै मोडिएको तर्क गर्नुभयो ।

प्रतिक्रिया