काठमाडौं, ३१ साउन: सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचारका ठुला मुद्दाहरुमा सरकारी निकायबाटै छानविन गरी निष्कर्षमा पुग्ने बताउनुभएको छ ।
प्रेस सेन्टर दाङले बुधवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले सरकारी निकायबाटै गम्भीर रुपमा अनुसन्धान भइरहेकाले मुद्दाको टुङ्गो लगाएरै छोड्ने बताउनुभयो ।
भ्रष्टाचारका मुद्दामा संलग्न आफ्नै घर परिवारका मान्छेलाई समेत नछोड्ने प्रधानमन्त्रीले नै प्रतिवद्धता व्यक्त गरिसकेकाले मुद्दालाई निष्कर्षमा पु¥याउने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका शर्माले विगतका सरकार सञ्चालन गर्ने व्यक्तिले गरेको गलत कामकै कारण व्यवस्था माथिनै प्रश्न उठ्ने गरेको भन्दै व्यवस्था खराब नभएको उल्लेख गर्नुभयो । भ्रष्टचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा मन्त्री शर्माले जोड दिनुभयो ।