काठमाडौं, ३१ साउन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय छानविन समिति गठन गर्न नदिएर सुनको तौल घटेको जिकिर गर्नुभएको छ ।
एमाले उद्योग वाणिज्य तथा आपूर्ति बिभागले बुधबार काठमाडौंमा गरेको वर्तमान आर्थिक अवस्था–समस्या र समाधान छलफल कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा छानविन आयोग गर्न गर्नुपर्ने माग गर्दा त्यसलाई अस्वीकार गरेर सुनको तौल नै घटेको जिकिर गर्नुभएको हो ।
उहाले सरकारको छानविन आयोग बन्न नदिएको सफलता सय किलोबाट घटेर ६१ किलोमा झर्नु भएको बताउनुभयो । उहाले बिमानस्थलबाट किलोका किलो सुन तस्करी हुँदा सडकमार्गबाट त्यो भन्दा पनि बढि सुन तस्करी भएको हुनसक्ने बताउनुभयो ।
उहाले सुन तस्करीमा अरवौंको लगानी गर्ने व्यक्तिलाई लुकाउन उच्चस्तरीय छानविन समिति गठन गर्न नदिएको तर्क गर्नुभयो । ओलीले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेर अरुलाई तर्साउन खाजेको बताउनुभयो ।
उहाले मुलुकको अर्थतन्त्र कमजोर भएर मुलुकको उद्योगधन्दा अप्ठेरो र बन्दा हुँदा पनि सरकारलाई कुनै चासो नरहेको धारणा राख्नुभयो । ओलीले उद्योगीहरु अप्ठेरोमा पर्दा पनि सरकार अहयोगी र निर्मम साहूजीको रुपमा प्रस्तुत भएको टिप्प्णी गर्नुभयो ।