सोह्रौँ योजनामा उत्पादन र रोजगारीलाई प्राथमिकता : उपाध्यक्ष श्रेष्ठ

admin

काठमाडौं, ३२ साउन : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले सोह्रौँ आवधिक योजनामा दिगो विकासका लक्ष्यहरुलाई प्राथमिकताका साथ समेटिने बताउनुभएको छ ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा श्रेष्ठले सोह्रौँ योजनामा दिगो वकास लक्ष्यका विषयमा छुट्टै परिच्छेद राखिने बताउनुभएको हो । उहाले सामाजिक न्यायसहित समृद्धि प्राप्त गर्न सुशासन र सामाजिक न्यायलाई नै सोह्रौँ पञ्चवर्षीय योजनामा प्राथमिकतामा राखिएको बताउनुभयो ।

उहाले पन्ध्रौ आवधिक योजना निर्माणका समयमा आर्थिक समृद्धिका आधार तय भएका कारण दोहोरो अंकको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य राखेपनि कोरोना, युक्रेन युद्धको असरका कारण लक्ष्य हासिल गर्न नसकिएको धारणा राख्नुभयो । उहाले बिकासका क्षेत्रमा तीनै तहबाट आशा गरिए बमोजिमक काम नभएका कारण पनि आर्थिक बृद्धिमा असर परेको उल्लेख गर्नुभयो ।

बैठकमा समिति सभापति प्रकाश पन्थले आगामी पञ्चवर्षीय योजना बनाउँदा कार्यान्वयनका पक्षलाई ध्यान दिनसुझाव दिनुभएको थियो । उहाले प्रदेश र स्थानीय तहबीच सन्तुलित विकास हुने योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया