Home

सुनिल शर्मालाई गलत समयमा पक्राउ गरियो : अर्जुननरसिंह केसी

admin

काठमाडौं, ३२ साउन : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस सांसद सुनिल शर्मालाई गलत समयमा पक्राउ गरेको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै केसीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीका बिरुद्ध अभिव्यक्ति दिएपछि नै शर्मालाई पक्राउ गर्नुले निरंशुक प्रवृति हो की भन्ने प्रश्न उठेको समेत बताउनुभयो ।

उहाले जुनसुकै भ्रष्टाचार प्रकरणमा सरकारले गर्ने अनुसन्धानलाई कांग्रेसले सहयोग गर्ने उल्लेख गर्नुभयो ।

भ्रष्टाचार प्रकरणको अनुसन्धानलाई सरकारले गर्ने अनुसन्धानलाई नजिकबाट हेरिरहेको उहाको भनाइ छ । उहाले देश तस्करहरुको स्वर्गको रुपमा परिणत भएकाले यसलाई बन्द गर्न पनि अनुसन्धानलाई निष्कर्षमा पुराउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया