धादिङमा बस दुर्घटना : २० यात्रु घाइते

admin

धादिङ , २ भदौ :पृथ्वीराजमार्ग अन्तर्गत धादिङ बेनिघाट रोराङ गापा -९ हुग्दी खोलामा यात्रु बस दुर्घटना भएको छ । आज बिहान भएको उक्त दुर्घटनामा २० यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

दाङबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो ।

बस दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था सिकिस्त रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले जानकारी दिए ।

सिकिस्त घाइतेसहित ९ जनालाई मलेखु राजमार्ग हस्पिटलमा सामान्य उपचारपछि काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया