संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गर्न मिल्दैन : महेश बर्तौला

admin

काठमाडौं, २ भदौ : नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संसद् अवरोधको कारक सरकार भएको आरोप लगाउँदै संसद् खुलाउने जिम्मेवारी र दायित्व पनि सरकारकै भएको बताउनुभयो ।

सचेतक बर्तौलाले जनप्रतिनिधिले आफ्ना माग राख्दा प्रतिपक्षले संसद् अवरोध ग¥यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको आरोप लगाउनुभयो । प्रतिपक्षी दलले उठाएका मागमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने तर सरकार संविधान र संसदीय मूल्यमान्यता विपरीत अगाडि बढेकाले संसद् अवरोध हुन पुगेको उहाँको भनाइ थियो ।

उहाँले नेकपा एमालेले उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने आवाज संसदमा उठाउँदै आएकोमा सरकारले त्यसमा कुनै चासो नदिनु कहिँ न कहिँ संलग्नता भएको शंका उत्पन्न भएको उल्लेख गर्नुभयो । उहाले सरकार जति लम्बिन्छ त्यतिनै राष्ट्रलाई ठूलो घातक हुने दावी गर्नुभयो ।

प्रतिक्रिया