बङ्गलादेशसँग छिट्टै विद्युत् व्यापार सम्झौता : मन्त्री बस्नेत

admin

काठमाडौं, ५ भदौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सुख्खा र वर्षा दुवै समयमा विद्युतमा आत्मनिर्भर हुन लागेको बताउनुभएको छ ।

मंगलबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले विधुतमा पूर्णरुपमा आत्मनिर्भर बन्न लागेको भन्दै प्रशारण लाइनको विस्तार र व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको जिकिर गर्नुभयो ।

उहाले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । मन्त्री बस्नेतले मुलुकमा लोडसेडिङ नभएपनि प्रावधिक कारणले बेला बेलामा बत्ती जाने गरेको भन्दै यक्त समस्या पनि छिट्टै समाधान हुने दाबी गर्नुभयो । सरकारले एकीकृत योजनाका साथ ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको उहाको भनाइ छ ।

त्यस्तै उहाले सर्वसुलभ रुपमा विद्युत् व्यापार गर्ने विषयलाई समेत जोडेर एकीकृत योजनाका साथ अघि बढेको जानकारी दिनुभयो ।

प्रतिक्रिया