युवालाई नीति निर्माण गर्ने तहमा पुर्‍याउने कांग्रेसको लक्ष्य छ : देउवा

admin

काठमाडौं, ९ भदौ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले युवाको मुद्धालाई कांग्रेससंग जोड्ने र नीति निर्माणको तहमा पुराउने कांग्रेसको लक्ष्य रहेको बताउनुभएको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा कांग्रेसले आयोजना गरेको पोलिसी ह्याकथनको फाइनलमा देउवाले मुलुक निर्माणमा युवाहरुको भूमिका महत्वपूर्ण रहेकाले युवाको मुद्धालाई कांग्रेससंग जोड्ने र नीति निर्माणको तहमा पुराउने लक्ष्यका साथ पोलिसी ह्याकथन आयोजना गरिएको बताउनुभयो ।

उहाले जलवायु परिवर्तनको असर न्यूनिकरणमा पनि युवाहरुले पहलकदमी भूमिका निर्वाह गर्नुपर्ने जिकिर गर्नुभयो ।

सभापति देउवाले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहको अवस्थामा प्राकृतिक प्रकोपको चूनौति व्यहोर्नुपरेकाले यसलाई न्यूनिकरण गर्न नीति नियम तर्जुमा आवश्यक रहेको धारणा राख्नुभयो । स्वरोजगार निर्माण गर्ने कार्यक्रम अघि बढाउन सके अर्थतन्त्रको अवस्था सुधार हुने उहाले बताउनुभयो ।

कार्यक्रममा पोलिसी ह्याकथन प्रतियोगीतामा उत्कृष्ट टीमलाई पुरस्कार र कदर पत्र वितरण गरिएको थियो । अनलाइन आवेदन मार्फत नीति पत्र पठाउने २२७ टिम मध्येबाट छानिएका १० उत्कृष्ट टिमले शनिवार आफ्नो नीति पत्र प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया