भातृसंगठनको विवाद समाधान गर्न एकीकृत समाजवादीको निर्देशन

admin

काठमाडौं, १० भदौ : नेकपा एकीकृत समाजवादीले पार्टी भातृ सङ्गठन युवा संघ नेपाल भित्रको विवाद समाधान गर्न निर्देशन दिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालयले बैठकले समानान्तर भेला नगर्न र संगठनभित्रको विवाद समाधान गर्न निर्देशन दिएको हो ।

युवा संघको इन्चार्जले पार्टीको निर्देशन युवा संगठनको बैठकमा सुनाउने र संगठनले लागू गर्ने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाले युवा संघको समस्या समाधानका लागि सचिवालयले अन्य आवश्यक निर्णय गरेको जिकिर गर्नुभयो ।

शनिबार काठमाडौँका दुई फरक फरक स्थानमा युवा संघका दुई गुटले भेला आयोजना गरेको थियो । सङ्गठनका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेलले फरक–फरक भेला आयोजना गरेपछि पार्टीले हस्तक्षेप गर्दै समाधानको पहल गरेको हो ।

प्रतिक्रिया